

काठमाण्डाै – सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९५ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ थियो । केही दिनयता सुनको भाउ लगातार बढेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदीकाे भाउ १३ सय रुपैयाँ पुगेको छ ।

Views: 314

