
प्रतिकात्मक तस्वीर गुगलबाट ।

बिर्तामोड । चेक बाउन्स सम्बन्धी मुद्दा मिलाईदिन्छु भनी नगद २ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा बिर्तामोड नगरपालिका–५ सिटीसेन्टर बसने २६ बर्षीय दिनेश लिम्बुलाई आइतबार विहान प्रहरीले पक्राउ गरेको छ ।

दिनेशले चेक बाउन्स सम्बन्धी मुद्दा मिलाई दिन्छु भनी बिर्तामोड–६ बस्ने एक व्यक्तिबाट बिभिन्न मितिमा उक्त नगद ठगी गरेको बताइएको छ । उनले पुनः नगद ४ लाख रुपैंया माग गरेको भनी इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन प्राप्त भएपछि सो कार्यलयबाट खटिएको प्रहरीले दिनेशलाई पक्राउ गरेको हो ।
Views: 362

