Aamsanchar

ट्राफिक प्रहरीका लागि थापा परिवारबाट पाँच लाखको अक्षयको स्थापना

Author Image
बुधवार, फागुन ४, २०७८

बिराटनगर । बिराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्री बिक्रम थापा (गोदार) र वहाँकी धर्मपत्नी बिमला थापा तथा छोरी बेनिजा थापाद्वारा ५ लाख रुपैया बराबरको अक्षयकोष स्थापना गर्नु भएको छ । सवारी दुर्घटनामा परी दिवंगत हुनु भएका स्वर्गीय बिप्लव थापा (गोदार) को स्मृतिमा उहाँका परिवारजनले  ‘बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार’ कोषको स्थापना गर्नु भएको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आज दाता परिवारले उक्त कोषको रकम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि।सी।लाई हस्तान्तरण गर्नु भएको छ । उक्त पुरस्कार १ नं. प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने प्रहरी जवान देखी वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जा सम्मको १ (एक) जना प्रहरी कर्मचारीलाई प्रत्येक बर्ष नगद  २५  हजार तथा प्रशंसा-पत्र द्वारा सम्मान प्रदान गरिने छ ।

अक्षकोष स्थापनाले  आफ्नो घर परिवार नभनी अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाखको अक्षकोष स्थापना गरी २०७९ सालको असोज मसान्तमा मनाउने ६७ औं प्रहरी दिवसबाट ‘बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार’ को सुरुवात गरिने गरी सम्झौता भएको कोषका संस्थापकले बताउनु भएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 591

प्रतिक्रिया (०)