Aamsanchar

पत्रकार उपचार कोषमा बेहुलीले गरिन सहयोग

Author Image
शुक्रवार, फागुन ६, २०७८

बिर्तामोड। सञ्चारकर्मी कृपा गुरागाईंले आफ्नो शुभविवाहको अवसर पारी शुक्रबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेकी छिन् ।
बेहुली कृपा तथा उनका पिता तेजप्रसाद र माता बेदमायाले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त रकम प्रदान गरेका हुन् ।

आफ्नो बिवाहको शुभ अवसरमा झापाली पत्रकारहरुको हितमा योगदान गर्न रकम प्रदान गरेको कृपाले बताइन् ।

झापाको कनकाई ८ लक्ष्मीपुर घर भई तेह्रथुमको आठराई ६ चुहानडाँडाका हरि पराजुलीसंग विवाह गरेकी गुरागाईंलाई महासंघको टोलीले बधाई शुभकामना ज्ञापन गरेको छ ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

कोषमा सहयोग जुट्ने क्रम जारी छ । कोषमा हाल ५५ लाख रुपैयाँ बढी जम्मा भइसकेको छ ।
आफूले झैं अरुले पनि विवाह, जन्मोत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने पत्रकार गुरागाईंले बताइन् ।

महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 560

प्रतिक्रिया (०)