

मोरङ – मिक्लाजुङ गाउँपालिका–६ स्थितमा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । आफ्नै बारीमा रहेको टाँकीको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडेर ४६ बर्षीया बुद्धमाया मगरको मृत्यु भएको हो ।

रुखबाट लडेर घाईते भएकी बुद्धमायाको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होम अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।

यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Views: 97

