Aamsanchar

बाबुराम भट्टराईकाे हत्या आरोपमा १ जना पक्राउ

Author Image
आइतवार, फागुन ८, २०७८

मोरङ- मोरङको केरावारी गाउँपालिका-८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ बर्षीय बाबुराम भट्टराईको हत्या भएको खुल्न आएको छ । उक्त घटनामा संग्लग्न केरावारी गाउँपालिका-३ का ३५ बर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरे संगै सो कुरा खूल्न आएको हो । माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो । शव फेला परेको जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी सुक्ष्म रुपमा गहन अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा भट्टराई पौष २७ गते देखी नै बेपत्ता भएको र पौष २८ गते लिम्बु संग बादबिबाद भएको तथा लिम्बुले फलामको रड प्रयोग गरी भट्टराईको हत्या गरेको खुल्न आएको थियो । यसरी हत्या गरी घटनालाई ढाकछोप गर्न खाल्डो खनेर गाडेको भन्ने खूल्न आए संगै लिम्बुलाई पक्राउ गरेको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर