Aamsanchar

स्वतन्त्र पत्रकार संघ दाङले अक्षयकोष स्थापना गर्ने

Author Image
बिहिवार, फागुन १२, २०७८

दाङ ।  स्वतन्त्र पत्रकार संघ दाङ शाखाले एक लाख बढी अक्षयकोष स्थापना गर्ने भएको छ । संघको बिहिबार (आज) तुलसीपुरमा बसेको नियमित बैठकले संघमा आवद्ध सदस्यलाई वार्षिकरुपमा सम्मान एवं प्रोत्साहन गर्नका लागि तत्काल एक लाख बढीको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

यस्तै संघको नियमित बैठकले थप सात जना नयाँ साधारण सदस्यको नाम अनुमोदन गरेको छ । बैठकले संघमा केहि दिन अघि साधारण सदस्यता लिएर आवद्ध हुने थप सात जना नयाँ साधारण सदस्यको नाम आधिकारिक रुपमा अनुमोदन गरेको हो ।

संघले आगामी दिनमा सदस्यता वृद्धि गर्दै पनि लैजाने निर्णय गरेको संघका सचिव वसन्त कुमार पौडेलले जानकारी दिनुभयो । संघले पूर्वमा राप्ती उपत्यकादेखि पश्चिममा बबई गाउँपालिकाका सम्ममा सदस्यता वृद्धि गरी संघका गतिविधि बढाउने निर्णय पनि गरेको सचिव पौडेलले बताउनुभयो ।

यस्तै संघले आगामी दिनमा नागरिकसंग जोडिएका विषयसंग सम्बन्धित विषयमा सरोकारवाला निकायसंग बहस गर्ने र समस्या निराकरणमा भूमिकालाई बढाउने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 421

प्रतिक्रिया (०)