Aamsanchar

मोरङमा दुई दिनदेखि बेपत्ता १२ वर्षीया बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा फेला

Author Image
शुक्रवार, फागुन १३, २०७८

मोरङ – दुई दिनदेखि बेपत्ता बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ ।  मोरङको लेटाङ नगरपालिका-८ लालहिरा सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार शुक्रबार बिहान लेटाङ-८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डोमा भेटिएको हो ।प्रहरीले शव उत्खनन गरेर बाहिर निकाले पनि स्थानीयले पोष्टमार्टमका लागि लैजान दिएका छैनन् । स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गर्दै दोषीलाई पक्राउ नगरेसम्म शव उठाउन नदिने भन्दै प्रदर्शन गरिरहेका छन् ।प्रदर्शनमा उत्रिएका स्थानीयसँग शव उठाउनका लागि समन्वय भइरहेको एसपी जिसीले बताए । निर्वस्त्र अवस्थामा शव भेटिएका कारण बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरी स्रोतले बताएको छ ।प्रहरीका अनुसार जाते माध्यमिक विद्यालयमा कक्षा-६ मा अध्ययनरत बालिका बुधबार दिउँसो हराएकी थिइन् । स्कुल गएकी छोरी घर नआएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।खोजी गर्ने क्रममा शुक्रबार शव गाडेको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार जंगलमा खनिएको खाल्डो ढुंगाले छोपेको अवस्थामा देखिएपछि उत्खनन गर्दा शव फेला परेको हो ।

वडा सदस्य नवीन लिम्बुका अनुसार जाते बजारबाट करिब डेढ किलोमिटर माथि पर्ने जंगलमा उनको शव फेला परेको हो । स्कुलबाट घर जाँदै गरेकी बालिकाको शव गाडेको अवस्थामा भेटिएपछि आफन्त र स्थानीयले प्रदर्शन गरिरहेको उनले बताए ।

घटना शंकास्पद भएका कारण पोष्टमार्टमपछि थप विषय खुल्ने एसपी जिसीले बताए । प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ । घटनास्थलबाट बालिकाको घरबाट करिब ३ किलोमिटर टाढा पर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 347

प्रतिक्रिया (०)

सम्बन्धित खबर