Aamsanchar

पत्रकार उपचार कोषका लागि अध्यक्ष गिरीले दिए २५ हजार

Author Image
बुधवार, फागुन १८, २०७८

अध्यक्ष गिरीबाट रकम बुझदै महासंघका कोषाध्यक्ष रञ्जित प्रसाईं साथमा क्रमस् उपाध्यक्ष केशव भट्टराई, उपाध्यक्ष सुशिला संग्रौला, सदस्य सन्तोष शर्मा र फोनिज झापाका पूर्व अध्यक्ष तथा महासंघको अनुशासन समितिका सदस्य गणेशमान मुखिया ।

बिर्तामोड ।  नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बुधबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक समेत रहेका गिरीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गरेका हुन् । गत असोज १८ गते आफ्नो जन्मोत्सवको अवसर पारेर गिरीले कोषमा सहयोगको घोषणा गरेका थिए ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी ।

महासंघ झापाका अध्यक्ष गिरीले कार्यालय परिसरमा कोषाध्यक्ष रञ्जित प्रसाईंलाई उक्त रकम प्रदान गरेका हुन् । कोषका लागि नगद रकम हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्षद्वय केशव भट्टराई र सुशीला संग्रौला, कार्यसमिति सदस्य सन्तोष शर्मा र फोनिज झापाका पूर्व अध्यक्ष तथा महासंघको अनुशासन समितिका सदस्य गणेशमान मुखियाको सहभागिता थियो ।
अध्यक्ष गिरीले पत्रकारको दिगोे हितमा योगदान गर्न र अरुलाई पनि सहयोगका लागि प्रेरित गर्न रकम प्रदान गरेको बताए । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ ।

कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ५५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघले जनाएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।

आफू झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृस्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने गिरीले बताए ।
महासंघ झापा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ–संस्था, सहकारी, बैंक तथा दाता सबैलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ । आफ्नै सामाजिक सुरक्षाका लागि स्थापित उपचार कोषमा सहयोग गर्न अध्यक्ष गिरीले इच्छुक पत्रकारलाई पनि आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)