Aamsanchar

विमली भए सबैभन्दा धेरै पटक रक्तदान गर्ने पत्रकार

Author Image
बुधवार, फागुन १८, २०७८

झापा । प्रेस क्लब हल्दिवारीका अध्यक्ष संचारकर्मी नेत्र बिक्रम बिमलीले १०९ औं पटक रक्तदान गरेका छ्न ।

नेपाल रेडक्रस सोसाइटी,रक्त सञ्चार केन्द्र भद्रपुरमा आज बुधबार बिमलीले १०९ औं पटकको रक्तदान गरेका हुन ।

२०४५ भदौ १९ बाट रक्तदान गर्न शुरु गरेका बिमली नेपाल पत्रकार महासंघको सदस्य, आइएफ्जेको सदस्य ,राष्ट्रिय फोटो पत्रकार समुहको सदस्य, हल्दिवारी उधोग बाणिज्य संघको सचिव, अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सदस्य तथा स्वयंसेवी रक्तदाता समाजको आजिवन सदस्य समेत रहेका छ्न ।

पत्रकारिताका साथै समाजसेवामा सक्रिय बिमली नेपालमा पत्रकारिता गर्ने पत्रकारहरुमा सबैभन्दा बढी रक्तदान गर्नेमा समेत चिनिएका छ्न ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)