Aamsanchar

करेन्ट लागेर वडा सदस्यकाे ज्यान गयाे

Author Image
शुक्रवार, फागुन २०, २०७८

तनहुँ – तनहुँमा करेन्ट लागेर वडा सदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको ज्यान गएकाे छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडा सदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा आज शुक्रवार बिहान करेन्ट लागेर ज्यान गएकाे हो ।

छाब्दी खोलाबाट मोटर पम्प जोडेर पानी तान्ने सिलसिलामा करेन्ट लाग्दा नेपालीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिनुभयो । तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दी खोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको ज्यान गएकाे उहाँले बताउनुभयो ।

नेपाली एक स्पष्टवक्ता, प्रजातन्त्रवादी, दलित मुक्तिका लागि सदा सङ्घर्षरत व्यक्तिको निधनले स्तब्ध बनाएको छिमेकी एवम् आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर