Aamsanchar

घाँस काट्ने क्रममा रुखबाट लडेर २ जनाको मृत्यु

Author Image
शुक्रवार, फागुन २०, २०७८

  विराटनगर- ओखलढुंगा र उदयपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो ११ बजे ओखलढुङगा चिशंखुगढी गाऊपालिका ३ दियाले बस्ने ६३ बर्षीय बिर बहादुर आलेमगर घर नजिकै आफ्नै बारीमा रहेको टुनिको रुखमा घास काट्ने क्रममा लडेर गम्भिर घाईते भएका थिए । घाईते मगरको दिउसो साढे १ बजे मिसन अस्पताल ओखलढुंगा पुर्याई चेकजाँच गर्दा मृत्यु भईसकेको थियो ।

यसैगरी हिजै बेलुका ५ बजे उदयपुर त्रियुगा नगरपालिका १० करमगाछि की ५५ बर्षीया कालुमाया राई त्रियुगा नगरपालिका ११ बरुवा समुदायिक बनमा घाँस काट्ने क्रममा भोर्लाको रुखबाट लडि घाईते भएकी थिईन । घाईते राईको उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर