Aamsanchar

बिराटनगरका हरिमोहनले गरे ९२ औं पटक रक्तदान

Author Image
शनिवार, फागुन २१, २०७८

९२ औं पटक रक्तदान गर्दै हरिमोहन श्रेष्ठ । साथमा दायाँबाट क्रमशः सुरेश ठाकुर, रेडक्रस रक्तसञ्चार सेवा विराटनगरका प्राविधिक प्रमुख शिवानन्द यादव र विरामीका कुरुवा सञ्जीतकुमार महतो ।

विराटनगर । एक जना मानिसको शरीरमा कति लिटर रगत हुन्छ, शरीरको तौलको करिव ७ प्रतिशत । एक किलोग्राममा ७८ मिलिलिटर । तर विराटनगरका औषधि विराटनगर ट्राफिकचोकका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ३४.७ लिटर रगत दिएका छन् । तर एकै पटकमा होइन ९२ पटकमा । उनले ९२ औं पटक रक्तदान गरेका छन् । उनले २५ पटक ४५० मिलिलिटर र ६७ पटक ३५० मिलिलिटर (एमएल) का दरले रगत दिएका हुन् ।

गोल्डेन अस्पताल विराटनगरमा उपचाररत सिराहा नगरपालिका –१२ की १७ वर्षीया शारदादेवी शर्मालाई प्रसूतिपछि भएको रक्तश्रावका कारण ताजा रगत आवश्यक भएपछि श्रेष्ठले रक्तदान गरेका हुन् । श्रेष्ठले २०७८ सालमा नै चार पटक रक्तदान गरिसकेका छन् – बैशाख १९, भदौ ७, मंसिर १० र फागुन १९ गते ।

सिरहा नगरपालिका–११ स्थित स्वास्थ्य चौकीमा शर्माले बुधबार सकुशल छोरा पाएकी थिइन् । तर उनलाई रक्तश्राव भएपछि स्वास्थ्य चौकीले आफूले रक्तश्राव रोक्न नसक्ने भन्दै विराटनगरमा उपचारको सुझाएको थियो । सोही क्रममा गोल्डेन अस्पतालमा शर्मालाई भर्ना गरी रगत चढाउने क्रममा श्रेष्ठले मिल्ने रगत दिएको सुरेशकुमार ठाकुरले बताए । ठाकुर विरामी शारदा शर्माकी ससुरा हुन् ।
श्रेष्ठले तीन–तीन महिनामा रगतको आवश्यक परेका विरामीलाई दिउ“सो राति केही नभनी रगत दिंदै आएका छन् । विराटनर ट्राफिक चोकमा सौगात मेडिको नाममको औषधि पसल सञ्चालन गर्दै आएका श्रेष्ठ औषधि व्यवसायी संघ कोशीका पूर्व महासचिव पनि हुन् ।

उनलाई एक सय पटक रगत दिने रहर छ । विराटनगरमा १०० पटक भन्दा बढी रगत दिनेमा डा. केएन ठाकुरको कीर्तिमान छ । तर ठाकुरले अहिले वृद्धावस्थाका कारुण दिन छाडेका छन् । विराटनगरका अर्का रक्तदाता घनश्याम राठीले ६२ पटक रगत दिएका छन् । यस्तै नेपालमा प्रेमसागर कर्मचार्य (काठमाडौं) १६८ पटक र बढी पटक रक्तदान गर्ने नेपालीमा अर्जुन मैनाली छन् । हाल अमेरिकामा रहेका मैनालीले २०३ पटक रक्तदान गरिसकेका छन् । यस अवधिमा उनले दिएको रगत ६ सय जनाको जीवन रक्षाका लागि उपयोग भएको जनाइएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 394

प्रतिक्रिया (०)