Aamsanchar

चुडाल बन्धु कल्याण समितिद्वारा पत्रकार प्रसाईंसहित १० जना सम्मानित

Author Image
शनिवार, फागुन २१, २०७८

बिर्तामोड । झापाको कनकाई नगरपालिका–८ मा रहेको चुडाल बन्धु कल्याण समितिले झापाका पत्रकार आँगन स्टेसन मेनेजर, पत्रकार महासंघ झापाका कोषाध्यक्ष रञ्जित प्रसाईंसहित १० जनालाई सम्मान गरेको छ ।
आज आयोजित १४ औं साधारणसभामा पत्रकारिता, राष्ट्रसेवक कर्मचारी, शिक्षा क्षेत्रमा आवद्ध उत्कृष्ठ व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

चुडाल बन्धु कल्याण समितिमा स्थापित हिमादेवी अक्षयकोषबाट पत्रकार प्रसाईंलाई सम्मान गरिएको छ । त्यसैगरी सोही कोषबाट जनजागृती माध्यमिक विद्यालय हल्दिबारीकी प्रधानाध्याक इन्दिरा चुडाल र मेदनीप्रसाद चुडाललाई सम्मान गरिएको हो ।
सम्मानितहरुलाई कोषका संरक्षक भद्रप्रसाद चुडाल तगायतले सम्मान गरेका थिए ।

चुडाल बन्धु केन्द्रिय कल्याण समितिको तर्फबाट हल्दिबारीका डिल्लीराम चुडाल, काठामाडौंका गोपाल चुडाल, अर्जुनधारा–११ का रविन्द्र चुडाल, कनकाई–८ लक्ष्मीपुरका गणेश रिजाललाई सम्मान गरिएको छ । चुडाल बन्धु केन्द्रिय कल्याण समितिको तर्फबाट सम्मानति व्यक्तिहुने हरुलाई कल्याण समितिका अध्यक्ष गोपालप्रसाद चुडाल, महासचिव भरतमणी चुडाल ले सम्मान पत्र र नगद सहित सम्मान गरेको कार्यक्रम संयोजक जयप्रसाद चुडालले बताए ।

त्यसैगरी श्रीप्रसाद–जसोदा पुरस्कारबाट बिर्तामोड–१० की सीता चुडाल र भक्तमाया पुरस्कारबाट एसईईमा  सर्वोत्कृष्ट अंक प्राप्त गर्ने अनुश्रीया चुडाललाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 415

प्रतिक्रिया (०)