ताप्लेजुङ ।
पुस महिना लागेसँगै हिमाली जिल्ला ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा चिसो बढेको छ ।
ताप्लेजुङको माथिल्लो क्षेत्रमा हिमपात शुरु भएको छ भने सदरमुकाममा चिसोका कारण बिहान–बेलुकीको चहलपहल क्रमशः घट्न थालेको छ ।

चिसो बढेसँगै ताप्लेजुङ सदरमुकामसहित माथिल्लो क्षेत्रका स्थानीयको जनजीवनमै असर पर्न थालेको छ । तापक्रम ४ डिग्री सेल्सियसमा झरेको पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ ।

चिसो समयमा ताप्लेजुङमा माईनस ३ डिग्री सेल्सियससम्म तापक्रम झर्ने गर्दछ । चिसो बढेपछि माथिल्लो क्षेत्रका विद्यालयहरु बन्द गरिएका छन् ।

Views: 122


