Aamsanchar

अर्जुनधारा जेसीजले मनायो नारी दिवस, पाँच महिलालाई सम्मान

Author Image
मङ्गलवार, फागुन २४, २०७८

अर्जुनधारा । झापाको अर्जुनधारा जेसीजले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा विरुद्धको सचेतना मुलक प्रशिक्षण तथा विभिन्न विधामा ५ जना महिलालाई सम्मान गरेको छ ।

आज (मंगलबार) अर्जुनधारामा सम्पनन कार्यक्रममा १०७ वर्षीय जेष्ठ महिला मैनादेवी दर्जीलाई नगद सहित सम्मान गरिएको थियो । त्यसैगरी एकल महिला तर्फबाट जानुका देवी गेलाल, फुल माया घिमिरेलाई सम्मान गरिएको छ ।

महिला मजदुर तर्फ भने ममता भुजेल लगायतको उनको परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

मजदुरी पेशामा श्रीमान हस्तबहादुर भुजेल सहित ३ महिने छोरी च्यापेर बालुवा गिट्टी चालेर दैनिकी काट्दै आएकी ममतालाई सम्मान पत्र दोसल्ला ओडाएर सम्मान गरेको छ । त्यस्तै अर्जुनधारा क्षेत्रमा विभिन्न संस्थागत सामाजिक धार्मिक कार्यक्रम प्रस्तोता तथा सामाजिक रुपमा सुपरिचित उर्मिला दाहाललाई सम्मान पत्र सहित सम्मान गरिएको अर्जुनधारा जेसीजकी कार्ववहाक अध्यक्ष विमला भट्टराईले बताइन् ।
कार्यक्रममा प्रहरी चौकी शनिश्चरेकाको प्राविधिक सहयोगमा महिलाहरुका विषयमा उठने गरेका मुद्धा र महिलालाई कानुनले प्रत्याभूत गरेको अधिकारको बारेमा अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियाको सहजीकरण ईलाका प्रहरी कार्यालय विर्तामोडमा प्रहरी निरिषक हरि बरालले गरेका थिए ।

कार्यकारिणी उपाध्यक्ष विमला भट्टराईको अध्यक्षता र सुनिता धिमालको संयोजकत्वमा भएको कार्यक्रमामा महिला नेत्री सरस्वती सिटौलाको प्रमुख आतिथ्ता रहेको थियो ।

आस्था वाचन स्वागत रक्तदान संयोजक परीक्षण ढकालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव शुभद्रा गेलाल (सोना) ले गरेकी थिईन्।

कार्यक्रममा वडा नं ७ का अध्यक्ष नवीन ढुङ्गाना, प्रहरी चौकी शनिश्चरेका प्रमुख रवि राई, महिला नेत्री पुनम सुवेदी, पुर्णिमा सिटौला ,प्रज्वला अपाङ्गता महिला सहकारी संस्थाकी उपाध्यक्ष रञ्जना न्यौपाने, स्वस्तिका सिशुसदनका प्रिन्सिपल बसन्त श्रेष्ठ, नगर परिषद् सदस्य संयोजक दिलिप गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 371

प्रतिक्रिया (०)