Aamsanchar

रोजगारीकालागि युवापुस्ता विदेशिनुपर्ने अवस्थाको अन्त्य : मेयर पोखरेल

Author Image
बिहिवार, चैत ३, २०७८


कनकाई । रोजगारीकालागि युवापुस्ता अब विदेशिनुपर्ने अवस्थाको अन्त्य भएको कनकाईका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनु भएको छ । बुधबार कनकाई ९ घैलाडुब्बामा कृषि तथा पशुपालनका क्षेत्रलाई प्राथमिक्ताका साथ अघि बढाउँदै लैजाने उद्देश्यले पशुहरुको विमा कार्यक्रमको उद्घाटन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख पोखरेलले आफूहरूले निर्वाचनका समयमा नै कनकाईमा विकास निर्माण ,कृषि , शिक्षा , स्वास्थ्य विजुलि , खानेपानी जस्ता कामलाई प्राथमिकतामा राखेर नै अगाडी बढीरहेको नगर प्रमुख पोखरेलले निर्वाचनका समयमा जनता समक्ष गरेका प्रतिवद्धता अधिकांश पूरा हुँदै गएको नगर प्रमुख पोखरेलले बताउनुभयो ।कृषि तथा पशुपालनका क्षेत्रलाई प्राथमिक्ताका साथ अघि बढाउँदै आएको नगरपालिकाले पशु विमा सुरु गरेको गरेको हो।

कनकाई नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको सहजीकरणमा संचालित साझेदारीमा कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना अन्तर्गतको पशु विमा कार्यक्रम कनकाई ९ घैलाडुब्बाबाट सुरु गरेको हो । नगर प्रमुख पोखरेलको रोहबरमा हिमालयन इन्सोरेन्स कम्पनी विर्तामोडका प्रतिनिधि र परियोजना अन्तर्गतका प्रतिनिधि विच कनकाई नगरपालिकामा गत १५ दिन अगाडी सम्झौता भए बमोजिम विमा अभियान सुरु हिजोबाट सुरु गरिएको नगर प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

कृषि तथा पशुपालनलाई नै मुख्य व्यवसाय बनाउँदै आएका कनकाई नगर क्षेत्रका कृषकहरुलाई लक्षित गरी नगरपालिकाले हेफर प्रोजेक्ट नेपाल र अभियान नेपालसँगको साझेदारीमा पाँच करोडको कार्यक्रम संचालनमा ल्याई नगरका सबै वडाका कृषकलाई आफ्ना घरमा पालिएका पशुको विमा गरि सुरक्षित रहन सम्पूर्ण नगरवासिमा आग्रह समेत गर्नुहुन्छ । यस कार्यक्रमबाट वास्तविक कृषकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिएको नगर प्रमुख पोखरेलको भनाई छ । पशुधनको विकास अनि संरक्षणकालागि यस अघि पनि कनकाई नगर क्षेत्रमा सप्ताह व्यापी पशुस्वास्थ्य शिविर संचालन भइसकेको नगर उप प्रमुख मन्जु प्रसाईंले जानकारी दिनुभयो । यसै गरी पशु स्वास्थ्य विमाको कार्यक्रमलाई पनि अभियानका रुपमा अघि बढाइने लक्ष्य रहेको नगर प्रमुख पोख्रेलको भनाई छ । आफ्नै भूमिमा केही गर्न चाहने नगरवासीले अब विदेशिनु नपर्ने व्यवस्थाकालागि कनकाई नगरपालिकाले नगर समृद्धिका थप योजना अघि सारेको नगर प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

कनकाईको पशु विमा कार्यक्रमकालागि संघीय सरकारबाट ८० प्रतिशत प्रिमियम अनुदानमा उपलव्ध हुने छ भने कनकाई नगरपालिकाबाट थप एक लाख रुपैंयाँ बराबरको प्रिमियम अनुदानमा व्यवस्थापन गरीएको परियोजनाका प्राविधिक संयोजक जीवन सुवेदीले जानकारी दिनुभयो । यस आधारमा एउटा पशु चौपायको एक लाख बराबरको बिमा गर्दा कृषकले ६ सय ५० रुपैंया मात्र बुझाउँनु पर्ने गरी व्यवस्था भएको प्राविधिक सुवेदीको भनाई छ।

यसैबिच कनकाई वडा( ४ बाट आर्थिक विपन्नता हटाउने उद्देश्यले नगरपालिकाले विभिन्न कृषकहरुका लागि च्याप्कटर र बाख्रा तथा पशु पालनका लागि विभिन्न सामग्री वितरण गरेको छ । कनकाई नगर भित्रका सबै वडाका फम तथा ठुला व्यवसाय गर्नेहरुलाई लक्षित गरि नगरपालिकाले वितरण गरेको सो सामग्री न्युन आय भएका परिवारलाई वितरण गर्दै जाने नगर प्रमुख पोखरेलले जानकारी दिनुभयो ।
कोरोना महामारी पछि धेरै नागरिक घरमै खेती किसानी गर्नेको संख्या बढे पछि व्यावसायीक पशुपालनलाई नगरपालिकाले जोड दिएको हो ।

नगरापलिकाले अति विपन्नलाई निशुल्क र मध्ययम वर्गका नागरिकलाई भने च्याप्कटरमा २० प्रतिशत साझेदारीमा वितरण गरिएको वडा न ४ का अध्यक्षं गोबिन्द पौडेलले जानकारी दिनु भयो।
यस अगाडी विभिन्न समयमा बंगुरका पाठा, च्याप्कटर, बाख्रा र बाख्राको दानाको लागि डुड वितरण , कृषिकहरुलाई बिउ, दबाई छित्ने टयाग्कि लगायतका सामाग्रीहरु वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 602

प्रतिक्रिया (०)

सम्बन्धित खबर