Aamsanchar

भोजपुर सेवा समाज युएईद्धारा अग्निपिडीतलाई सहयोग

Author Image
बिहिवार, पौष ७, २०७३

भरत शिवाकोटी

 [युएई]

15682787_1737021986617648_511763268_n

भोजपुरेहरुको युएईमा रहेको सामाजिक संस्था भोजपुर सेवा समाज युएईले गत आइतबार सो जिल्लामा रहेका अग्निपिडीत तथा एक क्यान्सर पिडितलाई आर्थिक साहायता उपलब्ध गराएको छ ।

भोजपुर सदरमुकाममा गत मंसिर ५ गते साँझ अचानक आगलागी हुँदा आधा दर्जन भन्दा बढी घरहरु जलेर नस्ट भएका थिए भने अन्य केहि घरहरुमा क्षति भएको थियो । सो घटना पश्चात युईमा रहेको यस संस्थाले अग्निपिडीतहरुका निमित्त यहाँ रहेका भोजपुरवासी तथा अन्य नेपालीहरुलाई आर्थिक सहयोगको आव्हान गरेको थियो ।

सोहि अनुरुप संस्थाले सहयोग समिती बनाएर युएईका विभिन्न स्थानहरुमा नेपालीहरुबाट स्वेच्छिक रुपमा संकलन गरेको रकम एकलाख पाँच हजार रुपैया भोजपुर सेवा समाज युएईका प्रतिनिधि राजकुमार तमाङबाट पत्रकार महासंघ भोजपुरका संचारकर्मी एक्सन राई, अन्य पत्रकार लगायतको उपस्थितिमा अग्निपिडीतहरुका निमित्त भोजपुरका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा संयोजक रहेको अग्निपिडीत समितीलाई हस्तान्तरण गरेको हो ।

यसैगरी अन्य स्रोतबाट संकलित पचपन्न हजार रुपैया भोजपुर हसनपुर ६ कि आर्थिक अवस्था कमजोर भएकी क्यान्सर पिडित सिम्रन राईको उपचार सहयोगार्थ उनका पिता किसन कुमार राईलाई उपलब्ध गराएको संस्थाका संस्थापक एवं अध्यक्ष भक्त बहादुर तामाङले जानाकारी दिएका छन ।

सन २०१३ देखि भोजपुर बाट युएई आई विभिन्न पेशामा कार्यरत प्रवासी भोजपुरेहरु आवद्द रहेको यस संस्थाले भोजपुर जिल्लामा विभिन्न मानविय, आर्थिक, शैक्षिक जस्ता कार्यहरुमा सहयोग गर्दै आईरहेको जानकारी अध्यक्ष तामाङ बाट प्राप्त भएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)