Aamsanchar

लुट्ने योजना बनाउँदा बनाउँदै तीन पक्राउ

Author Image
बिहिवार, पौष ७, २०७३
बिर्तामोड।
chore
बैंकबाट रकम झिकेर बाहिरिँदै गरेका सर्वसाधारणलाई लुट्ने योजना बनाउँदा बनाउँदै इलाका प्रहरी कार्यालय बिर्तामोडले काउछोसहित तीन जना व्यक्तिलाई पक्राउ गरेको छ ।
बिर्तामोडस्थित माछापुच्छ्रे बैंकको अगाडिपट्टि ५ जनाको समूह बनाई सेवाग्राहीबाट रकम लुट्ने योजना बनाउँदा बनाउँदै प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
दुई व्यक्ति फरार भए पनि तीन जनालाई प्रहरीले घेराहाली पक्राउ गरेको र पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।
पक्राउ परेका तीनै जना भारतीय मूलका रहेका छन् । उनीहरु राजस्थान घर बताउँदै आएको र उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको तथा फरार अन्य दुईको खोजी कार्य जारी राखिएको प्रहरी नायव उपरीक्षक थेवेले बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर