Aamsanchar

बिर्तामोडकी विनादेवीको जन्मोत्सवले बाह्रदशीकी पूजालाई सिभिल ईन्जिनिर बन्न सहयोग

Author Image
शनिवार, चैत ५, २०७८

बिर्तामोड । हरेक बर्ष हरेक व्यक्तिले आफ्नो जन्मोत्सव मनाउने गर्छन् ।
धेरैले परिवार र साथीभाईहरु संग जन्मोउत्सव मनाउने गरेका छन् । जन्मोत्सव मनाउदा गच्छे अनुसारको खर्च पनि गर्ने गरेका छन् । तर त्यसरी गरिने खर्च केवल एक दिनको लागि रमाईलोमा मात्र सिमित रहने गरेको छ । त्यसरी गरिएको खर्च र रमाईलोपल क्रमस् स्मरणबाट हराएर जान्छ । त्यस्तै समुदायमा यस्ता पनि व्यक्तिहरु रहेका छन् जसले आफ्नो जन्मोउत्सव हुने खर्चलाई सामाजिककार्य र विपन्न वर्गकोलागि समर्पण गर्ने गरेका छन् । त्यसरी आफ्नो जन्मोउत्सव मनाउनेहरुले समाजमा सेवाभाव संदेश, आफ्नो लागि चीरकाल सम्म सम्झना योग्य र आत्मसन्तुष्टी लिने आधार बनाउने गरेका छन् ।

त्यस्तै विर्तामोड १ निवासी विनादेवी थापाले आफ्नो ८२ औं जम्मोउत्स लक्षित वर्गमा पर्ने एक सन्थान परिवारकी छोरीलाई शिक्षा आर्जन गर्नको लागि खर्च गरेर जन्मोउत्सव मनाएकी छन् ।

शुक्रबार देवी पञ्कन्या मर्निङ ग्रुपले आयोजना गरेको होली मिलन कार्यक्रम मार्फत झापा बाह्रदशी गाउँपालिका ५, घाग्रा किनारकी पूजा सोरेनलाई एउटा साईकल र एक बर्ष सम्म अध्ययन गर्न लाग्ने शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । उक्त साईकल र शैक्षिक सामग्री विनादेवी थापाका छोरा गुञ्जन थापा, मर्निङवाक ग्रुपका मदन गोपाल सुब्बा र झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले हस्तान्तरण गरेका थिए ।

विद्यार्थी पूजा सोरेन हाल शिद्धकाली टेक्निकल स्कुलमा सिभिल इन्जिनियरिङको १८ महिने कक्षा लिई रहेकी छन् । आर्थिक अबस्था अत्यन्तै कमजोर भएकाले भरपर्दो साईकल किन्न नसकेर घर देखि साईकलमा एक घण्टा समय लाग्ने स्कुलको गन्तव्य पुरा गर्न कठिनाई भोग्दै आएकी थिईन । साईकल पाएपछि उनको दैनिकीमा सहजता हुने भएको छ । पूजालाई दैनिक पढन आउन र जान समस्या रहेकोे थियो त्यही समस्यालाई बुझेर मेघावी छात्रा सोरेनलाई सहयोग गरिएको रुपक थापाले बताए ।
कार्यक्रममा सोरेनको कमजोर आर्थिक अवस्था र उनिमा देखिएको पढाई प्रतिको इच्छाशक्तिलाई प्रोत्साहन गर्न व्यवसायी, झापा गोल्डकपका कोषाध्यक्ष केदार गिरीले पनि ८० हजार रुपियाँ सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै कार्यक्रममा उपस्थित मनकारीहरुले १४ हजार ४ सय रुपियाँ संकलन गरेर पूजालाई प्रदान गरिएको रुपक थापाले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 604

प्रतिक्रिया (०)