बिर्तामोड । झापा गोल्डकप सम्पन्न भएको छैटौं दिनमा डोमालाल राजवंशी रंगशाला सफाई गरिएको छ ।
आज (आइतबार) विहान देखि स्थानिय बिर्ताबजार सामाजिक युवा क्लवको अगुवाईमा रंगशाला सफाई गरिएको युवा परिवारका सचिव मदन राईले बताए । राईले भने ‘गोल्डकप समापन पछी लगत्तै सफाई गर्ने योजना भए पनि हिजो रंगशालमा सन्थाल समुदायहरुको ५ गते साँस्कृतिक कार्यक्रम हुने जानकारी पाएपछि सफाईकार्य केही दिन ढिला हुन गएको होे ।’
सफाई कार्यमा युवा परिवारमा सदस्यहरु, सन्थाली युवाहरु र झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, सदस्यहरु जीवन खड्का, सञ्जिव घिमिरे, प्रसान्त भण्डारी, विष्णु पौडेल, कार्यालय सचिव चन्द्र बहादुर तिम्सिना, विर्तामोड सफाई अभियानमा अभियन्ता विष्णु आचार्यलगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 1025