Aamsanchar

बालयौन दुराचारको आरोपमा एक शिक्षक पक्राउ

Author Image
सोमवार, चैत ७, २०७८

चितवन – चितवनको माडीबाट बालयौन दुराचार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा माडी नगरपालिका-५ का ३७ वर्षीय सुरज लामिछाने रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार माडी नगरपालिका-१ बरुवास्थित श्री सोमेश्वर उच्च माविमा कक्षा ९ मा अध्यनरत अन्दाजी वर्ष १५ की नाबालिकालाई सोही स्कुलमा कार्यरत लामिछानेले बाल यौन दुर्व्यवहार गरेको भनी नाबालिकाको आफन्तले जिल्ला प्रहरी कार्यालय चितवनमा आइतबार लिखित जाहेरी दिएका थिए।

जाहेरी परेपछि सोही दिन शिक्षक लामिछानेलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 392

प्रतिक्रिया (०)

सम्बन्धित खबर