Aamsanchar

चोरीको अभियोगमा पक्राउ परेका सार्वजनिक

Author Image
शुक्रवार, पौष ८, २०७३

विराटनगर।

motersaical

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ परेका ११ जनालाई प्रहरीले  सार्वजनिक गरेको छ ।

मोरङको उर्लाबारी लगायतका क्षेत्रबाट मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ गरिएका उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

पक्राउपर्नेमा मोरङ मधुमल्लाका २० वर्षीय सुमन खड्का, इलाम चुलाचुलीका २४ वर्षीय लक्ष्मण गजुमेर र २० वर्षीय विशाल शर्मा तथा इलामकै फुइँयातप्पाका ३५ वर्षीय खेम भट्टराई छन् ।

यसैगरी झापा दमकका ३० वर्षीय सुनील श्रेष्ठ, २१ वर्षीय बादल योङ्या र २१ वर्षीय रोशन पौद्दार, पाँचथर आङ्लाका २१ वर्षीय पूर्ण सुम्बाहाम्फे, लिम्बाका ३३ वर्षीय रामप्रकाश राई, सोहि ठाउँका नवीन चेम्जोङ तथा गुल्मी वडागाउँका २० वर्षीय गणेश ठकुरी रहेको रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुका साथबाट चोरी गरिएका मोटरसाइकल बरामद भएको र ठकुरीको साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोटरसाइकल चोरीको आरोपमा उनीहरुलाई मोरङ, झापा र पाँचथरका विभिन्न ठाउँबाट पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले बताउनुभयो । मोटरसाइकल चोर्ने, भण्डारण गर्ने र बिक्री वितरण गर्ने कार्यमा लामो समयदेखि उनीहरु संलग्न रहँदै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर