Aamsanchar

बी एण्ड सी ले सम्बन्धन पाउनुपर्ने माग

Author Image
शुक्रवार, पौष ८, २०७३

 

बिर्तामोड ।

15683519_564193340442066_830553161_n

‘स्वास्थ्य, शिक्षा र रोजगार, मेची अञ्चलबासीको अधिकार’ भन्ने नाराकासाथ बी एण्ड सी मेडिकल कलेजले बिहीवार धाइजन–४स्थित नवनिर्वाचित भवनमा स्थानीयबासी र पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका अध्यक्ष प्रेम नेम्वाङले स्वगत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै डा. गोविन्द केसी राष्ट्र परिवर्तन गर्ने र राष्ट्रको जिम्मेवारी एक्लै बोक्ने व्यक्ति नभएको बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै समाजसेवी तथा वी एण्ड सी हस्पिटलका शुभचिन्तक चैतन्य मैनालीले केसीसँग सरकारले गरेको १२ बुँदे सम्झौता हेर्ने हो भने अबका दिनमा कुनैपनि कलेजले अबका दिनमा सम्बन्धन नपाउने उल्लेख गरेका छन् ।

बी एण्डसी मेडिकल कलेजको सम्बन्धनका लागि केही महिनाअघि १० दिनसम्म अनसन बसिकेको मैनालीले भने–‘अबको दुईमहिनाभित्रमा यदि बी एण्डसी मेडिकल कलेजले सम्बन्धन नपाए फेरि डा. गोविन्द केसीसँग गएर अनसनमा बस्छु ।’

उनले भने–‘यदि राज्यले सम्बन्धन नदिएपनि हामीले सम्माननीय अदालतमा पेश गरिसकेका छौं र अदालतले ९५ प्रतिशत हाम्रो फैसला गर्नेछ ।’
उनले अगाडि भने–‘डा. गोविन्द केसी मेडिकल कजेलहरुले सम्बन्धन पाउनु हुँदैन भनेर अनसन बस्छन् भने म पाउनुपर्छ भनेर बस्छु ।’

कार्यक्रममा अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीयबासी भक्ति शिवाकोटी, अर्जुन विष्ट, लिला सुब्बा राजवंशी, पोक्सी मेचे, लगायतले हामीलाई गर्व छ, हाम्रो ठाउँमा मेडिकल कलेज स्थापना भएको छ, हामी यसलाई जसरी भएपनि स्थापित गराउन लागि पर्नेछौं । तर, यसमा राजनीति चाहीँ हुनुहुँदैन ।
कार्यक्रममा डा. उमेश शर्मा, डा. निराजन प्रसाईं, रुपेश मेचे लगायतले शुभकामना मन्तव्य राखेका थिए । भुपेन्द्र न्यौपानले स्वागत गरेको कार्यक्रमको सञ्चालन टिका अधिकारीले गरेका थिए भने सहजीकरण टिकाराम मंग्रातीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर