Aamsanchar

लेटाङकाे कर्फ्यू आजदेखि केही खुकुलो

Author Image
बुधवार, चैत ९, २०७८

मोरङ- तीन दिनदेखि तनावग्रस्त मोरङको लेटाङमा प्रशासनले लगाएको कर्फ्यू आजदेखि केही खुकुलो बनाइएको छ । जिल्ला सुरक्षा समितिले लेटाङको अवस्था सामान्य बन्दै गएकाले कर्फ्यूलाई खुकुलो बनाउँदै लैजाने निर्णय गरेको हो ।

हिजोको बैठकले अर्को आदेश नआएसम्मका लागि बिहान ६ बजेदेखि १० बजेसम्म खुला गरेर १० बजेदेखि दिउँसो ४ बजेसम्म कर्फ्यू लगाउने र ४ बजेदेखि बेलुका ६ बजेसम्म खुलाएर फेरि भोलि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले  जानकारी दिनुभयो ।

लेटाङ–५ खेरुवाका शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपपछि उत्पन्न विवादमा आइतबार स्थानीयबासिन्दा र प्रहरीबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि लेटाङमा कर्फ्यू लगाइएको थियो । शिक्षक मनोज पौडेलले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । यस अघि पनि शिक्षक पौडेलले छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो । तर, पटक पटक उनलाई कारबाही हुनबाट जोगाएको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)