Aamsanchar

रेष्टुरेन्टमा दिउँसै छापाः आपत्तिजनक अवस्थामा ६ महिलासहित दस पक्राउ

Author Image
शुक्रवार, पौष ८, २०७३

भक्तपुरः

फोटो इन्टरनेटबाट

फोटो इन्टरनेटबाट

महानगरीय प्रहरी वृत्त जगातीले अरनिको राजमार्ग दायाँबायाँ चलेका रेस्टुरेन्टहरुबाट आपत्तिजनक अवस्थामा रहेका ६ महिलासहित १० जनालाई नियन्त्रणमा लिएको छ ।

वृत्तले शुक्रबार भक्तपुरको जगातीदेखि साँगासम्म चलेका पाँचवटा रेस्टुरेन्टहरुमा छापा मारी ६ महिला र रेस्टुरेन्ट सञ्चालकसहित चारजना पुरुषलाई नियन्त्रणमा लिएको हो ।

वृत्तका प्रमुख प्रहरी नायक उपरीक्षक मित्रबन्धु शर्माले खाजा तथा खाना खाने रेस्टुरेन्टमा महिला र पुरुष आपत्तिजनक अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनले महिलाहरुलाई व्यवसायिक यौनकर्मीको आशंकामा नियन्त्रणमा लिइएको बताए ।

उनका अनुसार राजमार्ग दायाँबायाँ सञ्चालित रेष्टुरेन्टले भाडामा व्यवसायिक रुपमै यौनकर्मी महिलाको व्यवस्था गरेको भन्ने उजुरीको आधारमा छापा मारिएको थियो । रेष्टुरेन्टमा छापा मार्दा उजुरीअनुसार नै महिला तथा पुरुष आपत्तिजनक अवस्थामा भेटिएको उनको भनाइ थियो ।

‘रेष्टुरेन्टमा महिला र पुरुष सामान्य खाजा खान बसेको स्थितिमा थिएनन’, प्रनाउ शर्माले भने, ‘उनीहरु त्यस्तो अवस्थामा बस्न हुन्थेन । त्यसैले नियन्त्रणमा लिएका छौं ।’

प्रहरीले नियन्त्रणमा लिएका दसैजनालाई जगाती वृत्तमा राखिएको छ । आवश्यक अनुसन्धान गरी उनीहरुमाथि कानुनी कारबाही गरिने वृत्तका प्रमुख शर्माले बताए ।

यौनकर्मी महिलाको क्षेत्रमा कार्य गर्दै आएको कम्युनिटी एक्सन सेन्टरको प्रतिवेदनअनुसार भक्तपुरमा आठ हजारको हाराहारीमा यौनकर्मी महिला रहेका छन् । ती यौनकर्मी महिलाका दसहजार भन्दा बढी ग्राहक रहेको प्रतिवेदन सेन्टर जिल्ला विकास समिति भक्तपुरअन्तर्गत रहेको जिल्ला एड्स समन्वय समितिले बुझाइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर