Aamsanchar

छ छोरीले गरे बुबाको काजकिरिया 

Author Image
शनिवार, चैत १२, २०७८

पाल्पा – पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजकिरिया गरेर समाजको पुरानो संस्कार तोडेका छन्।

स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उनका छ वटा छोरीले छोरासरह नै हिन्दु संस्कारअनुसार काजक्रिया गरिरहेका छन्। दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की सेतो वस्त्रमा छोराको जिम्मेवारी निभाउँदै काजक्रिया गरेका हुन्।

एकातिर शिक्षा र चेतनाको कमीले बुबाआमाको मृत्युपश्चात् काजकिरिया छोरा नै चाहिन्छ भन्ने पुरानो चलन छ भने विस्तारै मानिस पनि शिक्षित बन्दै गएपछि छोरा सरह नै छोरीले जिम्मेवारी पूरा गर्नकाजकिरिया बसेको साहिँली छोरी प्रेमकुमारी बताइन्।

छ दिदीबहिनीका एक भाइको १० वर्षको उमेरमा लडेर मृत्यु भएको थियो। रेवतको गत चैत ७ गते राति सुतेको समयमा अचानक मृत्यु भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 597

प्रतिक्रिया (०)

सम्बन्धित खबर