Aamsanchar

बिर्तामोडका पोखरेल परिवारले मन फराकिलो बनाउदा अर्जुनधाराका गिरी परिवारको मुहारमा खुशियाली

Author Image
सोमवार, चैत १४, २०७८

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका ५ स्थित फूलबारी का एक अशक्त दम्पतीलाई घर हस्तान्तरण गरिएको छ ।

कर्तव्य फाउण्डेशनले ‘हाम्रो पनि सुन्दर घर होस्’ भन्ने अभियान अन्तरगर्त निमार्ण गरेको घर हिजो आईतबार एक कार्यक्रमका बिच हस्तानतरण गरिएको हो ।

आर्थिक अवस्था नाजुक रहेका धर्मराज–राजकुमारी गिरी दम्पत्तिलाई घर हस्तान्तरण गरिएको हो । धर्मराजको श्रवणशक्ति छैन भने राजकुमारीको दुबै आँखाको ज्योति गुमेको छ ।

आफूले आर्जेको धनलाई समुदायको हित र उत्थानको लागि पनि खर्च गरेर सामाजिक उत्तरदायित्व वहन गर्ने उदेश्यले यतीवेला सकारात्मक सोच राख्ने केही सामाजिक अभियन्ताहरुले स्थापना गरेको कर्तव्य फाउण्डेशनले ‘हाम्रो पनि शुन्दर घर होस्’भन्ने नारा अघिसारेर समुदायमा घर विहिन अवस्थामा रहेका विपन्न वर्ग परिवारको पहिचान गरेर व्यक्तिगत लगानीमा घर निर्माण गरिदिने कार्यको थालनी गरेको छ ।

गिरी दम्पतीका लागि बिर्तामोड ४ का स्थायीबासी व्यवसायी एवम् सामाजिक व्यक्ति मोहन पोखरेल र टिका पोखरेलले  पाँच लाख खर्चिएर घर निर्माण गरिदिएका हुन् । उनीहरुलाई पोखरेलले दुई कोठे घर निमार्ण गरिदिएका हुन् ।

एक कार्यक्रममका विच घर निर्माणकर्ता अभियानकर्मी मोहन–टिका पोखरेलले धर्मराज–राजकुमारीलाई चावी हस्तान्तरण गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तरर्गत तथा सामाजिक एवंम मानविय हिसाबले सहयोग गरिएको पोखरेलले बताए ।

‘घर हरेकमानिसको आधारभूत आवश्यकता र जीवनको मुख्य सपना हो । तर, गरिबी र असशक्तताका कारण घर बनाउन नसक्ने परिवार धेरै छन् । अझै पनि धेरै मानिस विना घर कष्टपूर्ण जीवनयापन गर्न विवस छन् । ’

,त्यसमा पनि असक्त, बृद्ध–बृद्धा, एकल, अल्पसंख्यक, सीमान्तकृत समुदायको अवस्थाझनै दयनीय छ । त्यस्ता समुदायकामानिसलाई घर जीवनको सारथी र सुरक्षाकालागि पनि अत्यावश्यक हुन्छ ।

तिनै लक्षित समुदायका नागरिकको आवश्यकता पूरा गर्न,जीवनको सपना साकार पार्न,मुहारमा थोरै भए पनि खुशी ल्याउन कर्तव्य फाउण्डेशनले ‘हाम्रो पनि सुन्दर घर होस्’ भन्ने अभियान शुभारम्भ गरेको फाउण्डेशनका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।

उनका अनुसार गरिव, विपन्न, असहाय, बृद्धबृद्धा, एकल महिला र अपांगता भएको परिवारका लागि ४ बर्षभित्रमा १ सय घर बनाउने लक्ष्य छ । उनका अनुसार अभियान अन्तरर्गत पहिलो चरणमा जिल्लाका बिर्तामोड, अर्जुनधारा र कनकाई नगरमा यो कार्यक्रम अघि बढाइने छ ।

अभियानअन्तर्गत एक सक्षम र इच्छुक व्यक्ति, संस्था/प्रतिष्ठानबाट घर नहुने एक परिवारको घर निर्माण गरिन संयोजक गिरीले बताए । उनका अनुसार घर निर्माणका लागि अति विपन्न अपाङ्गता भएका, बृद्ध–बृद्धा, एकल, अल्पसंख्यक, सीमान्तकृत समुदायका परिवार छनौट गरिनेछ ।

इच्छुक दाता/अभियानकर्मी तथा संस्था÷प्रतिष्ठानले आफ्नै प्रत्यक्षनिगरानी र स्रोत परिचालनमा घर निर्माण गरिदिने फाउण्डेशनको अवधारणा छ ।

फाउण्डेशनले घर निर्माणका लागि कोहीबाट पनि नगद संकलन नगर्ने र हरेक व्यक्ति, संस्था/प्रतिष्ठानको सामाजिक उत्तर दायित्वमा जोड दिने जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 459

प्रतिक्रिया (०)