Aamsanchar

ट्रयाक्टरको ट्रलीले लागेर बालकको मृत्यु

Author Image
शनिवार, पौष ९, २०७३

ताप्लेजुङ।

bus_accident

ताप्लेजुङको मेहेले-३ मा शनिबार ट्रयाक्टरको ट्रली पल्टिएर लाग्दा एक बालकको ज्यान गएको छ भने तीन बाल-बालिका घाइते भएका छन्।

खाम्दिम्बेबाट डोजरको ब्रेकर लिएर खेवाङतर्फ जादै गरेको मे २ त ४५१७ नम्बरको ट्रयाक्टरको ट्रलि खाम्दिम्बे-खेवाङ सडकमा दिउँसो २ बजे अचानक पल्टिएदा ट्रलीमा चढ्दै गरेका बालक मेहेले-३ बस्ने सुकनाथ लिम्बुको ८ वर्षका छोरा बिशाल लिम्बुको घट्नास्थलमा मृत्यु भएको हो।

ट्रलीले लागेर ताप्लेजुङ मेहेले-३ बस्ने सुकनाथकै अर्का छोरा वर्ष १० को शम्भु लिम्बु, राम बहादुर बाँनियाको ११ वर्षका छोरा एवनकुमार बानिया र सन्तोस माबोको ३ वर्षकी छोरी स्मृति माबो घाइते भएक छन।

घाइतेहरुलाई उपचारकालागी पाँचथरतर्फ लगिएको छ। ट्रयाक्टर इलाका प्रहरी कार्यालय तेल्लोकको नियन्त्रणमा छ भने चालक फरार भएकाले खोजी भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर