Aamsanchar

गाई मारेको विरोधमा सुदूरपश्चिममा बन्द

Author Image
आइतवार, पौष १०, २०७३

बझाङ,

cow

बन्दका कारण आइतबार सुदूरपश्चिमका जिल्लामा बिहानैदेखि बजार बन्द भएको छ भने गाडी चल्न सकेका छैनन् । गाई मारेर फालेको विरोधमा हिन्दुवादी संगठनले बन्द आह्वान गरेका हुन् ।

गएको मंगलबार कैलालीको गोदावरी वनमा २५ वटा गाईगोरु मृत अवस्थामा भेटिएको थियो । यही घटनाको विरोधमा बन्द गरिएको हिन्दु राष्ट्र संरक्षण संर्घष समितिका संयोजक हरि रेग्मीले बताउनुभयो ।

कञ्चनपुरको बेदकोट नगरपालिकाले छाडा गाइगोरु व्यवस्थापन गर्ने भन्दै उक्त गाईगोरुहरु गोदावरी पु¥याएको स्वीकार गरेको छ । घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्नु पर्ने बन्दकर्ताको माग छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर