Aamsanchar

दक्षिण कोरियामा एक नेपाली युवकको मृत्यु

Author Image
आइतवार, पौष १०, २०७३

सोलः

mirtak-585e1fe90a1767.03159232

दक्षिण कोरियामा एक नेपाली युवकको मृत्यु भएको छ। ह्वासंग सीस्थित फारनमा कार्यरत झापा शान्तिनगर–२ का २३ वर्षीय नविन राईको मृत्यु भएको हो।

फ्लेक्स बोर्ड निर्माण गर्ने कम्पनीमा राई कार्यरत थिए। निर्मित बोर्ड डेलिभर गर्ने क्रममा दुर्घटनामा परी राईको शुक्रबार अपरान्ह मृत्यु भएको हो। उत्पादित बोर्ड डेलिभर गर्ने क्रममा पाइपले थिचिएर मृत्यु भएको दूतावासलाई प्रहरीमार्फत पठाइएको रिपोर्टमा उल्लेख छ।

तर, राईका नेपाली सहकर्मी टिकाराम थापाका अनुसार लोड गरिएको गाडीलाई ब्याक गर्न निर्देशन दिने क्रममा पछाडि ठोक्किएर ढलेका उनलाई अकस्मात अर्को गाडीले किचेर मृत्यु भएको जानकारी दिए।

दुर्घटनाले अचेत बनेका राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। विगत तीन वर्षदेखि राई कोरियामा थिए। दूतावासलाई मृतकको प्रहरी रिपोर्ट प्राप्त भएको श्रम सहचारी देवराज ढकालले जानकारी दिए। परिवारको निवेदन पश्चात शव नेपाल पठाइने ढकालले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर