Aamsanchar

धनुषामा हत्या गरिएको अवस्थामा युवककाे शव फेला

Author Image
बुधवार, चैत २३, २०७८

जनकपुरधाम – धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।

जिल्लाको हंसपुर नगरपालिका ७ बस्ने १८ वर्षीय विजय महराको शव हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।महराको शव सोही नगरपालिकाको वडा- ६ स्थित गहुँ खेतमा भेटिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।उनका अनुसार महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको देखिएको छ । यस्तै पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरेको देखिएको उनले बताए ।‘महराको हत्या नै भएको देखिन्छ’ डीएसपी बस्नेतले भने, ‘मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लैजाने तयारी गरेका छौं ।’उनका अनुसार शव भेटिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर