Aamsanchar

जङ्गली जनावरबाट स्थानीय आतङ्कित

Author Image
सोमवार, पौष ११, २०७३

इनरुवा ।

Hatti-terror_20120106093157-350x262

सुनसरी सहित तीन जिल्लामा फैलिएर रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रका स्थानीयवासिन्दा आरक्षबाट निस्कने जङ्गली जनावरको आतङ्कबाट आतङ्कित बनेका छन् ।

जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण रातभर जागराम बस्नुपरेको सो क्षेत्रका स्थानीयले गुनासो गरेका छन् ।

आरक्षबाट दैनिकजसो रातको समयमा आउने अर्ना, हात्ती र बँदेलका कारणले स्थानीय रातभर जागराम बस्न बाध्य भएको हरिपुर गाविसका किसन मण्डलले गुनासो गर्नुभयो ।
आरक्षमा सोलार फेन्सीको केही क्षेत्रमा व्यवस्था गरेको भए पनि कमजोर तारवारका कारण जङ्गली जनावर निर्वाधरुपमा निस्केर गाउँ पस्ने गरेको र गाउँमा आतङ्क मचाउने गरेको श्रीपुर गाविसका तेजनारायण अरगरीयाले गुनासो पोख्नुभयो ।
आरक्षले स्थानीयलाई काठ दाउरा र चरिचरणबाट रोक लगाउने गरेको भए पनि आरक्षले जङ्गली जनावर रोक्न नसकेकोमा आक्रोश पोखेका छन् । आरक्षमा रहेको समस्या समाधान गर्न आरक्ष प्रशासन उदासिन रहेको हरिपुरका सुकुम्वासी टोलका विलेक्षण सदाले बताउनु भयो ।

आरक्षले आफ्नो क्षेत्रमा जनतालाई प्रवेश गर्न नदिने तर जङ्गली जनावर गाउँ पसेर बाली खाने, कुल्ची दिने, नष्ट गरी दिने गरेको भए पनि त्यसलाई रोक्न ध्यान नदिएको श्रीपुर गाविसका धमेन्द्र मेहताको भनाइ रहेको छ ।

अहिले आरक्षमा सुराक्षर्थ खटिएका सेनाले महिलालाई अभद्र व्यवहार गर्ने र प्रतिवाद गरे पक्रेर रु ५०० जरिवाना तिराउने गरेको स्थानीयको गुनासो छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका जङ्गली जनावरले यो हप्ता मात्रै दुई वटा घरमा क्षति पु¥याउनुका साथै गहँु, तरकारी र केराको बेटमा क्षति पु¥याएको श्रीपुरका श्यामनारायण खेरवारले गुनासो पोख्नुभयो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाई स्थानीयले आरक्षबाट सुरक्षित बनाइदिन र आरक्षको घाँस दाउरा सहज पाउने वातावरण सिर्जना गरी दिन आग्रह गरेका छन् । प्रजिअ पौडेलललाई स्थानीयले जङ्गली जनावरबाट जोगाइ दिन र क्षतिको क्षतिपूर्ति दिन तथा आरक्षमा रहेको विकृति अन्त्य गर्न माग गरेका छन् ।

आरक्षमा रहेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति विहीन रहेको र जनता र आरक्षाको समन्वय अभावका कारण केही समस्या रहेको पाइएको प्रजिअ पौडेलले बताउनु हुँदै समस्या सामाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी आरक्षणका संरक्षण अधिकृत श्यामकुमार शाहले यहाँ धेरै समस्या रहेको स्वीकार गर्नुहँुदै समाधानको प्रयासमा आरक्ष लागेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर