Aamsanchar

हँसियले हानेर महिलाद्वारा श्रीमानको हत्या

Author Image
सोमवार, चैत २८, २०७८

धनगढी – कैलालीमा घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए ।

‘सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा मैले श्रीमानको हत्या गरे भन्दै फूमा स्वयंम् उपस्थित भएपछि घटनाबारे थाहा भएको हो,’ डीएसपी जोशीले भने, ‘घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक्षक लोकेन्द्र गुरुको नेतृत्वमा टोली पठाइएको छ ।’फूमाले प्रहरीलाई बताएअनुसार विगतदेखि नै उनीहरुबीच विवाद हुने गरेको थियो । घटनाको थप विवरण अनुसन्धानबाट मात्र खुल्ने प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 369

प्रतिक्रिया (०)

सम्बन्धित खबर