Aamsanchar

सशस्त्र प्रहरीले चेकजाचको नाममा मासिक लाईन (घुस) उठाउने गरेको आरोप (भिडियो सहित)

Author Image
सोमवार, पौष ११, २०७३

बिर्तामोड, पुस ११ । कनकाई नगरपालिका–४ लक्ष्मीपुर निवासी अम्विका उप्रेतीले सशस्त्र प्रहरीले चेकजाचको नाममा मासिक लाईन घुस उठाउने गरेको आरोप लगाएकी छिन् ।
उनले सशस्त्र प्रहरी वल शनिश्चरेमा कार्यरत सशस्त्र प्रहरीका आकाश कठेतले आफूसंग मासिक पाँचहजार रुपैयाँ लाइन खाने गरेको र यो महिना पैसा नदिदा आफ्नो सामान पक्राउ गरेको आरोप लगाइन् ।
भुजियामा पोको पारेर ल्याउदै गरेको दुई प्याकेट रजनिगन्दा सशस्त्र प्रहरी रमेश कुवरले र कठेतले मासिक लाइन नदिदा मोटरसाइकलमा पच्छ्याएर चारपानेस्थित रामचोकबाट खोसेर लगेको उप्रेतीले बताइन् ।

उनले आमसंचारसंगको कुराकानीमा सशस्त्र प्रहरीले आफूबाट मात्र नभइ अन्य साथीहरुबाट पनि लाइन खाने गरेको बताइन् । ‘मैले यो महिना प्रहरीलाई लाइन दिएकी थिइन् खेदीखेदी मेरो सामान पक्राउ गरेर लग्यो’ उप्रेतीले भनिन्–लाइन दिनेलाई उनीहरुले केही गर्दैनन् जतिपनि सामान ल्याउन दिन्छन तर घुस नदिदा अनावश्यक रुपमा सामान समातेर दुःख दिन्छन् ।
उप्रेतीले आफूहरु वारिपारिको काम गर्ने गरेको आफूहरु जस्तै अन्य साथीले पनि उनीहरुलाई मासिक पाँचहजार रुपैयाँ लाइन दिने गरेको बताइन् । उनले झापा, मोरङ र सुनसरीको धरानका केरियरबाट पनि लाइन लिने गरेको आरोप लगाएकी छिन् ।
यता सशस्त्र प्रहरीका कुवर र कठेतले भन्नसार छलेर ल्याइएका र अवैंध सामान मात्र आफूहरुले पक्राउ गर्ने गरेको , पक्राउ परेको सामान तत्काल भन्सार वुझाउने गरेको बताएका छन् । उनीहरुले कोहीपनि पोके व्यापारीबाट एक रुपैयाँ लाइन उठाएको भए पुष्टि गरेर देखाए कानूनत कारवाही भोग्न तयार रहेको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर