Aamsanchar

आजको राशीफल (२०७९ बैशाख १ गते बिहिबार)

Author Image
बिहिवार, वैशाख १, २०७९

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज धार्मिक यात्राको योग रहेको छ । परिवारमा सुख सन्तोष छाउनेछ । समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आज कार्य सम्पादनमा सहजता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आस्था, उमङ्ग र विश्वास बढेर जानेछ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

आज राजनैतिक र सामाजिक कामबाट सफलता पाइनेछ । पठनपाठनका क्षेत्रमा केही सुधार होला । बोलीको प्रभावकारिता बढ्नेछ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

शुभ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्ला ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । नयाँ कमको योजना हुनेछ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आज मनमा अधैर्य र कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउनेछ । दिनको उत्तरार्धमा खर्च बढ्न पनि सक्छ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । विपरित वर्ग प्रति आकर्षण बढ्नेछ । समाजको हितमा पनि मन जानेछ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । कुनै योजनाले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक काम बाट सफलता पाइनेछ ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आज मन विचलित हुनसक्छ । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । छोटो यात्रा भने हुनेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

आज मन्दिर यात्राको योग छ । कुटुम्बको सहयोग मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 656

प्रतिक्रिया (०)

सम्बन्धित खबर