Aamsanchar

तराईमा ‘सिरुवा’ सुरु

Author Image
बिहिवार, वैशाख १, २०७९

पहिलो दिन एकआपसमा पानी छ्यापाछ्याप गर्दै पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन माटोको हिलो बनाएर काद सिरुवा र तेस्रो दिन रङ खेलेर रङ सिरुवा मनाउने चलन छ ।

झापा, मोरङ र सुनसरी जिल्लामा बस्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले विशेष गरी सिरुवा मनाउने गर्छन् ।
भारतको आसाम, मेघालय, पश्चिम बंगाल र कोचबिहारमा पनि सिरुवा मनाइन्छ ।

चैत्र बैशाखमा हावाहुरी चल्ने र आगो लाग्ने सम्भावना धेरै हुने भएकाले पूर्वी तराइका मानिसहरूले आफ्नो घरको छत, बोट बिरुवा, तुलसी मठहरूमा शुद्ध जल चढाएर आफ्नो कुल देवताको पूजा गर्दै सिरुवा पर्व मनाउँछन् ।

यस दिन ठूला बडाले हातमा शुद्ध जल लिएर आफूभन्दा सानोको टाउकोमा छ्‌यापी शुद्ध सोच अनि सुस्वास्थ्यको आशीर्वाद स्वरूप जुडशीतल गर्ने गर्दछन्। सानोले भने ठूलोको खुट्टामा जल चढाएर आशीर्वाद लिने गर्दछन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 455

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१