Aamsanchar

मोरङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

Author Image
शुक्रवार, वैशाख २, २०७९

विराटनगर – मोरङको जहदा गाउँपालिका–७ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। जहदा–७ का ३३ वर्षीय नारायण सोरेनले कुटपिट गर्दा श्रीमती ३२ वर्षीया पानो टुडुको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार नारायणले मादक पदार्थ सेवन (मापसे) गरेर गत चैत २९ गते पत्नी पानोलाई कुटपिट गरेको खुलेको छ। कुटपिटबाट घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा बिहीबार राति ११ बजेतिर मृत्यु भएको श्रेष्ठले बताए। मापसे गरेर उत्पन्न विवादपछि घटना भएको प्रहरीले जनाएको छ।
पत्नीको हत्यामा संलग्न नारायण फरार छन्। उनको खोजी तीव्र पारेर घटनाको अनुसन्धान थालिएको जानकारी डीएसपी श्रेष्ठले दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 328

प्रतिक्रिया (०)

सम्बन्धित खबर