Aamsanchar

आफ्नै शरीरमा आगो लगाउँदा एक जनाकाे मृत्यु

Author Image
शुक्रवार, वैशाख २, २०७९

काठमाडौं – कैलालीमा आफ्नै शरीरमा आगाे लगाउँदा एक जनाकाे मृत्यु भएको छ। बिहीबार बेलुकी १० बजे कैलारी गाउँपालिका -२ मझेराका २९ वर्षीय अम्मर चौधरीले मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा आगो लगाएका थिए।

उनले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको अनुमान छ। आगोबाट उनी घाइते भएका थिए।  उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका लागि पुर्‍याइएको थियो।उपचारकै क्रममा आज बिहान ६ बजे चाैधरीकाे मृत्यु भएको प्रहरीले जनाएको छ। उनले के कारणले शरीरमा आगाे लगाए भन्ने खुलेको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 559

प्रतिक्रिया (०)