Aamsanchar

जनता माविका बालिकाहरूलाई यौन दुव्यर्वहार गर्ने ३ जना शिक्षक पक्राउ

Author Image
शनिवार, वैशाख ३, २०७९

हेटौंडा : पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माविका बालिकाहरूलाई यौन दुव्यर्वहार गर्ने ३ जना शिक्षक पक्राउ परेका छन्।

यौन दुव्र्यवहारको आरोप लागेका ३ जनामध्ये हेमबहादुर विक चैत २५ गते आफै प्रहरी नियन्त्रणमा आएका थिए। शुक्रबार साँझ प्रहरीले थप दुई जना शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

उनले गएराति आरोपित शिक्षकहरु लोकबहादुर विक र रुद्रबहादुर विक दुबैलाई जिल्ला प्रहरी कार्यलय हेटौंडा ल्याइएको बताए। पक्राउ परेका तीनै जना शिक्षकहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

जनता माविका तीन जना शिक्षकहरुले लामो समयदेखि यौन दुर्व्यवहार गरेको विद्यालयमा अध्ययनरत बालिकाहरूको आरोप छ। बालिकाहरुले आफूहरुलाई शिक्षकले दुर्व्यवहार गरेको विषयमा विद्यालयमा लिखित रुपमा उजुरी समेत दिएका थिए। तर, विद्यालयमा घटना मिलाउने प्रयास भएपछि विद्यार्थीहरुले चैत २२ गते विद्यालयमा तोडफोड र तालाबन्दी गरेका थिए।

शिक्षकहरुले आफूहरुलाई गलत नियतले संवेदनशील अंगमा छुने गरेको ७५ जना छात्रा विद्यार्थीहरुको आरोप छ। बालिकाहरुले दिएको उजुरीमाथि छलफल गर्न चैत २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय, अभिभावक, विद्यालय व्यवस्थापन, राजनीतिक दलका प्रतिनिधिहरूबीच बैठक बसेको थियो।

बैठकमा भएको छलफलमा चित्त नबुझेपछि विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए। चैत्र २४ गते राति तीन जना शिक्षक विरुद्ध विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूले जिल्ला प्रहरी कार्यलयमा यौन दुव्र्यवहारको किटानी जाहेरी दिएका दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर