Aamsanchar

झारफुक गर्ने क्रममा ४३ वर्षीया महिलाको मृत्यु, धामीसहित ७ जना पक्राउ

Author Image
शनिवार, वैशाख ३, २०७९

कञ्चनपुर : बेदकोट नगरपालिका-७ मुसेपानीमा झारफुक गर्ने क्रममा ४३ वर्षीया महिलाको मृत्यु भएको छ। झारफुक गर्ने क्रममा स्थानीय रञ्जला साउदको मृत्यु भएको हो। उनको शुक्रबार नै मृत्यु भए पनि प्रहरीलाई स्थानीय बासिन्दाले शनिबार मात्रै खबर गरेका हुन्।

महिलाको मृत्यु भएपछि प्रहरीले धामीसहित सात जनालाई शनिबार पक्राउ गरेको छ। आर्थिक अभावका कारण अस्पताल लैजान पैसा अभाव भएपछि साउद धामीझाँक्रीको शरणमा पुगेकी हुन्।

घरमै धामीझाँक्री बोलाएर उपचार गर्ने क्रममा साउदको मृत्यु भएको स्थानीय बासिन्दाको भनाई छ। धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले घर घेराउसमेत गरेका थिए। मृतक महिलाका दुई छोरी रहेका छन्।

धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्युमा संलग्न भएको आशंकामा प्रहरीले भीमदत्त नगरपालिका-७ का धर्मानन्द भट्ट, सोही नगरपालिकाको वडा नं १ बाराकुण्डाका नारायणदत्त भट्ट, मृतककी जेठानी कमला साउद र देवरसहित सात जनालाई पक्राउ गरेको छ।

‘घटनाबारे अनुसन्धानको कार्य भैरहेको छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भने,‘महिला मृत अबस्थामा फेला परेकी छन्।  के कति कारणले मृत्यु भएको भन्ने बारे अनुसन्धान भैरहेको छ। शव परीक्षणका लागि महाकाली अस्पतालमा पठाएका छौं।’

शव परीक्षणको रिपोर्ट आएपछि मात्रै महिलाको मृत्युको कारणबारे जानकारी हुने उनले बताए। महिलाको मृत्युको सम्बन्धमा सात जनालाई नियन्त्रणमा लिएर सोधपुछको कार्य समेत भैरहेको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर