Aamsanchar

अपडेट : चौलागाईं प्रतिष्ठान झापाको अध्यक्षमा माधव

Author Image
शनिवार, वैशाख ३, २०७९

बिर्तामोड । चौलागाईं प्रतिष्ठान झापा जिल्ला समितिको अध्यक्षमा पुनः माधवप्रसाद चौलागाईं चयन भएका छन् । संस्थाको बिर्तामोडमा भएको तेस्रो वार्षिक साधारणसभाले माधवप्रसाद चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा नेत्रप्रसाद चौलागाईं, लिला चौलागाईं, सचिवमा नारायणप्रसाद चौलागाईं, सहसचिवमा डिल्लीराम चौलागाईं, गोपीकृष्ण चौलागाईं, कोषाध्यक्षमा यसोदा चौलागाईं, सहकोषाध्यक्षमा जनक चौलागाईं रहेका छन् ।

त्यस्तै सदस्यहरुमा मिनप्रसाद चौलागाईं ,कमलप्रसाद चौलागाईं, टीकाप्रसाद चौलागाईं, कमला चौलागाईं, गोपीकृष्ण चौलागाईं, नगेन्द्र चौलागाईं र हेम चौलागाईं रहेका छन् । समिति चयनका लागि राजेन्द्रप्रसाद चौलागाई संयोजक र नारायणप्रसाद चौलागाईं र देवीप्रसाद चौलागाईं सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 482

प्रतिक्रिया (०)