Aamsanchar

सीवाईसी लघुवित्तको आईपीओ बाँडफाँड

Author Image
बिहिवार, वैशाख १५, २०७९

काठमाडौं – सीवाईसी लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बिहीबार बिहान आईपीओ बाँडफाँड गरेको हो ।

लघुवित्तले बिक्रीमा ल्याएको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार योग्य आवेदकहरूलाई गोलाप्रथाका माध्यमबाट सेयर बाँडफाँट गरिएको छ । योग्य आवेदकलाई न्यूनतम १० कित्ताका दरले आईपीओ वितरण गर्दा ३६ हजार ९४८ जनालाई तीन लाख ६९ हजार ४८० कित्ता सेयर बाँडफाँड भएको छ । बाँकी रहेका आठ कित्ता सोहीमध्ये १० कित्ताभन्दा बढी आवेदन दिने आठजनालाई थप एक कित्ताका दरले बाँडफाँड गरिएको छ ।

कम्पनीले यही वैशाख २ गतेदेखि ६ गतेसम्म कुल तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको तीन लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरूका लागि छुट्ट्याएर बाँकी तीन लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिएको छ ।

लघुवित्तको आईपीओमा कुल २२ लाख पाँच हजार ६३३ जनाको आवेदन परेको थियो । त्यसमध्ये तीन हजार २७२ जनाको आवेदन रद्द हुँदा २२ लाख दुई हजार ३६१ आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।हाल लघुवित्तको चुक्ता पुँजी आठ करोड २१ लाख आठ हजार २४० रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 438

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
बिहिवार, मंसिर १३, २०८१
सुन-चाँदीको मूल्य
बुधवार, मंसिर १२, २०८१