Aamsanchar

इलाममा घाँटी र शरीर अलग भएको अवस्था महिलाकाे शव फेला

Author Image
आइतवार, वैशाख १८, २०७९

इलाम- इलाम नगरपालिका ८ स्थित सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा भेटिएको छ ।  शनिबार साँझ प्रहरीले खनेर हेर्दा घाँटी र शरीर अलग भएको अवस्था शव भेटिएको स्थानीयले बताएका छन् ।  हातसमेत काटिएको अवस्थामा खाल्डोमा महिलाको शव भेटिएको हो ।

केही दिनअघिदेखि वेपत्ता भएकी विनिता काफ्लेको शव पहिचान भएको स्थानीयले बताएका छन् । अन्दाजी २५ वर्षीया काफ्ले वैशाख १४ गतेदेखि वेपत्ता भएकी थिइन् । घरदेखि दुई सय मिटर टाढा गाडेको अवस्थामा भेटिएको हो । उनको श्रीमानको गत वर्ष वैदेशिक रोजगारीका क्रममा विदेशमै मृत्यु भएको थियो ।

प्रहरीले महिलाको शव पोष्टमार्टमका लागि इलाम अस्पताल पुर्याएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 516

प्रतिक्रिया (०)

सम्बन्धित खबर