Aamsanchar

मृत फेला परेकी ईलामकी ३१ बर्षीया महिलाकाे हत्यामा संलग्न ३ जना पक्राउ

Author Image
बुधवार, वैशाख २१, २०७९

ईलाम – मृत फेला परेकी ईलाम नगरपालिका-८ कि ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संलग्न स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको छ । बैशाख १७ गते इलाम नगरपालिका -८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरिरका बिभिन्न भाग छुट्टाछुटै भई खाल्डोमा पुरिएको अवस्थामा काफ्लेको शव फेला परेको थियो । शव फेला परे संगै अनुसन्धानको क्रममा रिमाल संग काफ्लेको घनिष्ट सम्बन्ध रहेको खुले संगै निजलाई पक्राउ गरिएको र सोधपुछको क्रममा रिमाले उक्त घटना आफैले घटाएको भनी साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी देउमाई नगरपालिका-७ का ४५ बर्षीय सन्तोष बाला राईको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते स्थानीय स्वास्थ्य चौकीबाट कोरोनाको खोप लगाई फर्कदै गरेका राईको हत्या सम्बन्धमा अनुसन्धान गर्ने क्रममा २ जनालाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा देउमाई नगरपालिका -७ चुलिगाउँका २३ बर्षीय भुपेन राई र निजकै भाई २० बर्षीय श्रीचन्द्र राई रहेका छन् । उनीहरुले कोरोनाको खोप लगाई घर फर्कदै गरेका राईलाई बाटोमा सामान्य बादबिबादकै क्रममा अन्धाधुन्द कुटपिट गरी हत्या गरेको खुले संगै दुबै जनालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर