Aamsanchar

धेरैकालागि नयाँ गन्तव्य हुन सक्छ

Author Image
शुक्रवार, पौष १५, २०७३
नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, झापा जिल्लामा अवस्थित एक पर्यटकीय महत्वको स्थान कलवलगुडी हो। नेपालमा एक मात्र रहेको कलवलको वृक्ष अवलोकन गर्न र पिकनिक स्थलको रूपमा प्रख्यात  यस ठाउँमा ग्रामिण प्रशिक्षण केन्द्र समेत रहेको छ।
1
नेपालमा एक मात्र रहेको कलवलको वृक्ष
झापाको मुख्य सहर मध्यको विर्तामोड देखि करीव १० किलोमिटर दक्षिण देउनिया खोलाको किनारमा रहेको प्राकृतिक शुन्दताले भरिपूर्ण कलवलगुडीमा पिकपनक खाने फराकिलो ठाउँ, तत्कालिन राजा महेन्द्रले भाषण गरेको मञ्च, कालिमन्दिर र थोरै दक्षिणमा ठुलो सन्थाल बस्ति रहेको छ । यस स्थान घुम्न र ग्रामिण परिवेसको अध्ययन गर्ने हरुकोलागि एक उत्तम स्थानमा पर्छ । पछिल्लो समयमा स्थानिय सामाजिक अगुवाहरुको सकृयतामा यस क्षेत्रलाई अझ विकास गर्दै लगेको अवस्था छ ।
2
तत्कालिन राजा महेन्द्रले भाषण गरेको मञ्च
3
 जंगलको पस्चिम देउनिया खोला कटानको चपेटामा परेको पुरानो काली मन्दिर
 सव्द/तस्वीर : विनोद पाण्डे/आमसंचार
Views: 179

प्रतिक्रिया (०)