

काठमाण्डाै – सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९८ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
Views: 454


