Aamsanchar

शिक्षित परिवार नै विद्युत चोरीमा बढी सम्लग्न

Author Image
सोमवार, पौष १८, २०७३

झापा ।bidutiya-saman

विद्युत चोरीमा सम्लग्न भएको अभियोगमा नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले तीन महिलासहित २० जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा चकचकी गाविसका धेरै छन् ।

विद्युत प्रशारण लाइनमा हुक लगाएर विद्युत चोरी गरिरहेको अवस्थामा उनीहरुलाई विद्युतीय सामग्री सहित पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रका केन्द्र प्रमुख तथा प्रमुख इन्जिनियर राजीवकुमार सिहले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राधिकरणका इन्जिनियर धीरेन्द्र वजगाईको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बिर्तामोडको सहयोगमा पक्राउ परेका उनीहरुलाई विद्युत चुहावट नियन्त्रण ऐन २०४९ अनुसार कारवाही गरिएको केन्द्र प्रमुख सिहंले बताउनुभयो ।
प्राधिकरणले विद्युत चुहावट नियन्त्रण अभियानका क्रममा हाल सम्ममा विद्युत चोरीमा सम्लग्न ८७ जनालाई पक्रउ गरी कारवाही गरेको जनाएको छ । उनीहरुलाई प्राधिकरणले विगो हेरेर जनही तीन हजारदेखि २ लाख ५ हजार रुपैयाँसम्म कारवाही गरेको केन्द्रका इन्जिनियर वजगाईले बताउनुभयो ।
प्राधिकरणले शुरु गरेको विद्युत चुहावट नियन्त्रण अभियानका क्रममा विद्युत चोरी गर्नेहरुमा निम्न र मध्ययम वर्गीय परिवार भन्दा उच्च कुल घरानका शिक्षित मानिस नै वढी विद्युत चोरीमा सम्लग्न रहेको पाइएको छ ।

प्राधिकरणका इन्जिनियर वजगाईका अनुसार राजनीतिक दलका कार्यकर्ता,शिक्षक, व्यापारी, सामुदायिक संघ संस्थाका प्रमुखले नै हुकिङ गरेर विद्युत चोरी गर्ने , मिटर वाईपास गरेर विद्युत चोरी गर्ने गरेको पाइएको हो ।

Views: 149

प्रतिक्रिया (०)