काठमाडौं।
आइतबार अन्तर्राष्ट्रिय टोपी दिवस मनाइयो । दिवसका अवसरमा विभिन्न कार्यक्रम हुनुका साथै टोपी लगाएका फोटोले सामाजिक सञ्जाल भरिए । फोटै खिच्नका लागि भएपनि एकैछिन टोपी लगाएर सामाजिक सञ्जालमा फोटो अपलोड गर्नेहरु पनि थुप्रै थिए ।
यसरी टोपी लगाएर सामाजिक सञ्जालमा फोटो अपलोड भएपछि नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले ट्वीटरमार्फत अब बख्खु, धोती दिवस पनि मनाउनु पर्छ भन्दै व्यङ्ग्य गर्दै गरेका थिए ।
टोपी दिवस रे!अब बख्खु दिवस! धोती दिवस!..संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसांस्कृति स्वीकारीसकेको देशमा एकलसंस्कृतिका कुरा कति जायज़?
बिहानै टोपी लगाएको फोटो हालेको … बाबुरामजीले देखि सहेनन्…..!!!
कमरेड …टोपी को दिबस मनाउदा धोतीलाइ किन समस्या?
भोलि धोती दिबस भयो भने टोपी वालालाइ के समस्या?
दशै मात्र मनाउने हामि अहिले ल्योसार, इद, क्रिसमस सब मनाउछौ
यसो गर्दा झन् सहिष्णुता बढ्छ होइन र?
रामबरणजी ले टोपी लगाउनु हूदॉ उहॉलाइ सुहाएको थिएन र?
तपाइ धोती लगाउन तराइ पनि झर्नु भो …. त्यो ग़लत थियो र?
हाम्ले टोपी लगाउदा पनि सिरिपेच नै लगाको जस्तो नगर्नुस न है?