बिर्तामोड । झापाको बिर्तामोडमा वेकरिज द केक सप संचालनमा आएको छ । केक सपको औपचारिक उद्घाटन भने जेठ १५ गते हुने छ ।
बिर्तामोडमा वेकरीको बढदो मागलाई मध्ये नजर गरेर ग्राहकलाई धेरै प्रकारका केक र वेकरीका परिकारहरु एकै छानामुनी उपलब्ध गराउन केक सप संचालनमा ल्याईएको संचालक दिपेन्द्र राउतले बताए ।
वेकरिज द केक सपमा छिटो छरितो खाजा नास्ताहरु पनि उपलब्ध रहेको छ, जसमा मम, चाउमिन, पिज्जा, वर्गर, फ्राई राईस, विरयानी, कफीलगाउत भेज ननभेज स्न्याक्स परिकार पनि ग्राहले खान पाउने अर्का संचालक उमेश राउतले आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए ।
व्यस्त जीवन शैलीमा रहने ग्रहकको लागि होम डेलिभरीको पनि व्यवस्था रहेको बताएको छ । १० किलो मिटर वरीपति डेलीभरी सुविधा केक सपले दिने तयारी गरेको छ ।
विहान ७ बजे देखि बेलुका ८ बजे सम्म केक सप खुल्ला रहने छ । केक सप मै उन्मोत्सव मनाउनेहरुका लागि विशेष छुट र उद्घाटनको अवसरमा केक बुक गर्नेलाई २० प्रतिशत छुट उपलब्ध गराउने केक सप व्यवस्थापनले जनाएको छ ।
अरुलाई पनि व्यवसायी बनाउने लक्षका साथ केक सपले वेकरी बनाउने तालिम पनि दिने भएको छ । उद्यमी बन्न चाहानेहरुका लागि वेकरिज द केक सपले फेन्चाइज मोडलमा काम गर्ने लक्ष लिएको छ ।
२५ लाख रुपैंया को लागतमा सुरु भएको वेकरिज द केक सप विर्तामोडकै ठुलो केक सप रहेको संचालकले दावी गरेका छन् ।